इसूजी डी-म्याक्स भी-क्रस बीएस-६ इञ्जिनमा सार्वजनिक



एजेन्सी । इसुजी मोटर्स इन्डियाले भी–क्रस र एमयू–एक्स रेन्जको कारलाई बीएस-६ मोडलमा भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यसको शुरुवाती एक्स-शोरुम मूल्य १६ लाख ९८ हजार भारु तोेकेको छ । भारतीय बाजरमा यो गाडी ३ भेरियन्टमा उपलब्ध छ ।

यसमा डी-म्याक्स हाई-ल्यान्डर, डी-म्याक्स भी-क्रस जेट २डब्लूडी एटी र डी-म्याक्स भी-क्रस जेट प्रेस्टेज ४डब्लूडी एटी रहेको छ ।

कम्पनीले यस मोडलको एन्ट्री लेभल हाई-ल्यान्डर भेरियन्ट पनि सार्वजनिक गरेको छ ।

कम्पनीले कारमा १.९ लिटरको टर्बो डिजल इन्जिन लगाएको छ । जसले १६३ एचपीको उच्चतम पावर र ३६० न्यूटन मिटरका पिक टर्क उत्पादन गर्न सक्षम छ । कम्पनीले हाई-ल्यान्डरको नयाँ भोरियन्ट पनि बजारमा उतारेको छ । जसको एक्स-शोरुम मूल्य १७ लाख ४ हजार भारु तोकिएको छ ।

बीएस-६ इसूजी डी-म्याक्स भी-क्रस रेजमा एलइडी प्रोजेक्टर लेन्स हेडल्याम्प, एलइडी डीआरएलएस र एलइडी टेललाइट्स छ । यो फोर ह्विल ड्राइभ कार हो । साथै क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेन्ट कन्ट्रोल एसी, १८ इन्चको अलो ह्विल रहेको छ । इलेक्ट्रिकली एडजस्टेबल ड्राइभर्स सिट, ८ स्पीकर अडियो स्टिम र ७ इन्टको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।


क्लिकमान्डु