उतारचढावका बीच सेयर बजारमा हरियो, ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । बुधबारको कारोबारमा उतारचढावका बीच सेयर बजार बन्द हुँदा हरियो देखिएको छ । नेप्से परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ अंकमा पुगेको छ । यो दिनको कारोबारमा १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १०६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा ३ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । जसमा नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई), आँखुखोला जलविद्युत् कम्पनी छन् । त्यसैगरी विशाल बजार (९.९९ प्रतिशत), रुरु जलविद्युत् परियोजना (९.९७ प्रतिशत), समता घरेलु लघुवित्त (९.९६ प्रतिशत), खानीखोला हाइड्रोपावर कम्पनी (९.९४ प्रतिशत), युनियन हाइड्रोपावर कम्पनीमा (९.९४ प्रतिशत)को उछाल देखिएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ (२.२७ प्रतिशत), सानिमा जनरल इन्स्योरेन्स (२.२३ प्रतिशत) र सूर्योदय लघुवित्त (१.८९ प्रतिशत)ले सेयर मूल्य घटेको छ ।

कारोबार रकमका हिसाबले नेपाल पुनर्बीमा कम्पनी, एचआइडीसीएल, अपि हाइड्रोपावर अगाडि छन् ।


क्लिकमान्डु