हिरोले इलेक्ट्रिक टू ह्विलर ल्याउने



काठमाडौं । भारतीय दुई पांग्रे सवारी निर्माता हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक टू ह्विलर ल्याउने भएको छ ।

कम्पनीले छिट्टै आफ्नो पहिलो इलेक्ट्रिक टू ह्विलर सार्वजनिक गर्नेछ । मिडिया रिर्पोटका अनुसार हिरोको इलेक्ट्रिक टू ह्विलर सन् २०२२ सम्ममा सार्वजनिक हुनेछ । हिरोको इलेक्ट्रिक टू ह्विलर कुन महिनामा सार्वजनिक गरिन्छ भन्ने जानकारी दिइएको छैन ।

साथै कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक टू ह्विलर स्कुटर वा मोटरसाइकलमध्ये कुन हुने भन्ने विषय पनि गोप्य राखेको छ ।

भारतले सरकारले इलेक्ट्रिक सवारीसाधन उत्पादन गर्न प्रोत्साहन गरिरहेको छ । सवारीसाधन उत्पादनकलाई अनुदान तथा प्रयोगकर्तालाई करमा छुट दिइरहेको छ । यसले गर्दा पनि पछिल्लो समयमा भारतका धेरै सवारीसाधन उत्पादक इलेक्ट्रिक सवारी उत्पादनमा जोड दिइरहेका छन् ।


क्लिकमान्डु