नयाँ अप्रिलिया एसएक्सआर १२५ स्कुटर, यस्ता छन् विशेषता



एजेन्सी । नयाँ अप्रिलिया एसएक्सआर १२५ स्कुटर भारतमा सार्वजनिक भएको छ ।

एसएक्सआर १२५ को मूल्य एक्सशोरुम १ लाख १५ हजार भारु तोकिएको छ । यो स्कुटर ४ रंग विकल्प सेतो, रातो, निलो र कालोमा उपलब्ध छ ।

स्कुटरमा सिंगल–सिलिन्डर, एयर कुल्ड तीन भोल्भ इन्जिन दिइएको छ । यो इञ्जिनले ७६०० आरपीएममा ९.४ बीएचपीको अधिकतम पावर र ६२५० आरपीएममा ९.२ एनएमको टर्क जेनरेट गर्छ ।

भारतीय बजारमा यो स्कुटरको प्रतिस्पर्धा बर्गम्यान स्ट्रीट १२५ सँग हुनेछ । जसको मूल्य ८४ हजार ३७१ भारुबाट शुरु हुन्छ ।

नयाँ एसएक्सआर १२५ मा ठूलो १४ इन्चको ह्वील छ । यसको डिजाइनमा फुल एलईडी लाइट्रिङ सेटअप छ । जुन भारतीय स्कुटरहरुमा उपलब्ध एक प्रिमियम फिचर हो ।

स्कुटरमा ठूलो एलसीडी ड्यास, फराकिलो अन्डरसीट स्टोरेज स्पेस छ । साथै, लामो विन्डस्क्रिन, लक गर्न मिल्ने फ्रन्ट स्टोरेज कम्पार्टमेन्ट, ७ लिटर इन्धन ट्यांक र एउटा यूएसबी चार्जिङ पोर्ट स्कुटरमा दिइएको छ ।


क्लिकमान्डु