नाफा बढेसँगै बोटलर्स नेपालको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल (तराई)को नाफामा उच्च वृद्धि भएसँगै मंगलबार सेयर बजारमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट देखिएको छ ।

कम्पनीले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको मुद नाफा ९ महिनामा बढेर ३७ करोड १४ लाख २७ हजार रुपैयाँ पुगेको छ । जबकी गत आवको सोही अवधिमा कम्पनीको नाफा जम्मा ३ करोड २६ लाख ३५ हजार रुपैयाँ थियो ।

कम्पनीको सेयर मूल्य मंगलबार प्रतिकित्ता ९१५ रुपैयाँले बढेर १० हजार ६५ रुपैयाँ पुगेको छ ।

कम्पनीको अर्निङ पर सेयर ४०९ रुपैयाँ पुगेको छ । साथै प्राइस अर्निङ रेसियो २३ छ भने रिटर्न अल इक्विटी १९.३ प्रतिशत छ भने रिटर्न अन टोटल एसेट ५.८ प्रतिशत छ ।

बोलटर्स नेपाल (बालाजु)
त्यसैगरी बोलटर्स नेपाल (बालाजु)को नाफामा पनि भारी वृद्धि देखिएको छ । गत आवमा १ करोड ८० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा २९ करोड ४६ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ ।


क्लिकमान्डु