अमेरिकामा साइबर आक्रमण, इमर्जेन्सी लाग्याे
अमेरिकामा सरकारले देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा भएको एक साइबर आक्रमणपछि देशमा आपतकालको घोषणा गरेका छन् ।
जानकारहरुका अनुसार आक्रमण कोरोना महामारीका कारण भएको हो । किनभने यी पाइपलाइनमा काम गर्ने धेरैजसो इन्जिनियरहरु घरबाटै कम्युटरमा काम गरिरहेका थिए ।
कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल बाहिरिन्छ । अमेरिकाको इस्ट बोस्टका राज्यमा डिजल, ग्यास तथा जेट इन्धनको ४५ प्रतिशत आपूर्ती यही पाइपलाइनबाट हुन्छ ।
पाइपलाइनमाथिको साइबर अपराधीहरुको एक समूहले शुक्रबार आक्रमण गरेका थिए । त्यसपछि यसको मर्मतको काम अहिले जारी छ ।
इमर्जेन्सीको घोषणापछि अब यहाँबाट इन्धनको सप्लाइ पाइपलाइनको साटो
सडकमार्गबाट हुन सक्नेछ ।
जानकारहरुका अनुसार यसका कारण सोमबार इन्धनको मूल्य २ देखि ३ प्रतिशतसम्मले बढ्नेछ । तर उनीहरु यो समस्या छिट्टै समाधान नगर्ने हो भने यसको असर व्यापक हुनेछ ।
कस्ले गर्यो आक्रमण ?
स्रोतका अनुसार यो विषयको अहिले पुष्टि गर्दै यो रेन्समवेयर आक्रमण डार्कसाइड नामका एक साइबर अपराधी गिरोहको हो । उनीहरुले बिहीबार कोलोनियल नेटवर्कमा आक्रमण गरी १०० जीबी डाटालाई आफ्नो नियन्त्रणमा लिएका थिए ।
त्यसपछि ह्याकरहरुल्े केही कम्प्युटर तथा सर्भरमा डाटा लक गरेका थिए र शुक्रबार फिरौती मागेका थिए ।
उनीहरुले धम्की दिँदै यदि उनीहरुले पैसा नपाएको अवस्थामा उनीहरुले यस डाटालाई इन्टरनेटमा लिक गर्ने बताएका थिए । कम्पनीका अनुसार उनीहरुले सेवा वाहल गर्नका लागि प्रहरी, साइभबर सुरक्षा विशेषज्ञ तथा उर्जा विभागको सम्पर्कमा छन् ।
आइतबार राति उनले बताए अनुसार हाल ४ वटा मुख्य लाइन ठप्प छन् । तथा टर्मिनलबाट डेलिभरी प्वाइन्टसम्म पुग्ने केही छोटा लाइनहरु काम गर्न थालेका छन् ।
कम्पनीले भनेको छ, ‘आक्रमणको जानकारी पाउनेल वित्तिकै हामीले आफ्नो सिस्टमका केही लाइन काटेका छौं, ताकी ती लाइनमाथि आक्रमण नहोस । त्यसको केही समयपछि हाम्रा सबै पाइपलाइन तथा केही आइटी सिस्टमको काम रोकिएको थियो । जसलाई ठीक गर्नका लाग हामीले अहिले काम गरिरहेका छौं । ’
तेल बजारका स्वतन्त्र विश्लेषण गौरव शर्माले बीबीसीलाई बताए अनुसार अहिले ठूलो परिमाणको इन्धन टेक्सास राज्यको रिफाइनरीमा अड्किएको छ । उनले इमर्जेन्सी लागेपछि तेल, ग्यास तथा इन्धनका ट्यांकरका माध्यमबाट न्यूयोर्क पठाउन शुरु गर्न सकिन्छ । तर उनले चेतावनी दिँदै पाइपलाइनको क्षमताको हिसाबले यो यसरी हुने सप्लाइ निकै कम हुने बताए ।
‘यदि मंगलबारसम्म यसलाई ठीक गर्न सकिएन भने यो ठूलो समस्या उत्पन्न हुनेछ,’ उनले भने, सबैभन्दा पहिले एटलान्टा तथा टेनेसीमा असर पर्नेछ भने यसको असर बढ्दै न्यूयोर्कसम्म पुग्नेछ ।’
उनका अनुसार अमेरिकामा यतिबेला इन्धनको माग बढिरहेको छ । किनभने अमेरिका महामारीको झट्काबाट उठ्न लागेको छ र अब मानिसहरु बाहिर आउन थालेका छन् । तथा तेल कम्पनीहरु बढ्दो माग पूरा गर्नका लागि संघर्ष गरिरहेका छन् ।