४०० अक्सिजन सिलिण्डर र २० भेन्टिलेटर लिन सोमबार चीन जाँदै नेपाल एयरलाइन्स



काठमाडौं । चीन सरकारको सहयोगमा प्राप्त हुने अक्सिजनको सिलिण्डर र भेन्टिलेटर लिनका लागि सोमबार नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ ।

निगमका अनुसार सोमबार चीन गएर मंगलबार विमान फर्कनेछ ।

विमानले ४०० वटा अक्सिजनका सिलिण्डर र २० वटा भेन्टिलेटर लिएर आउनेछ ।

कोरोना महामारीको संक्रमण दर उच्च हुँदा अहिले अक्सिजनको माग उच्च छ । नेपाल सरकारले अहिले अक्सिजन प्रयोग अस्पतालबाहेक अन्य प्रयोजनका लागि गर्न निर्देशन दिइसकेको छ । उद्योगहरुले पनि अस्पताल बाहेक अन्य प्रयोजनका लागि मात्रै अक्सिजन उपलब्ध गराउन थालेका छन् ।

पछिल्लो समयमा नेपालमा अक्सिजनभन्दा पनि सिलिण्डरको अभाव रहेको भन्दै उद्योगीहरुले आवाज उठाएपछि चीन सरकारले नेपाललाई सिलिण्डर दिन लागेको हो ।


क्लिकमान्डु