वसन्त ऋतुमा सगरमाथा आरोहणको बाटो खुल्यो, १२ जना शेर्पा सगरमाथाको चुचुरोमा पुगे



काठमाडौं । वसन्त ऋतुका लागि सगरमाथा आरोहणका लागि बाटो बनाउने टोली सगरमाथाको टुप्पोमा पुगेको छ । शुक्रबार साँझ ६ बजे १२ जनाको टोली सगरमाथाको चुचुरोमा पुगेको हो ।

यसले गर्दा अब जारी सिजनका लागि सगरमाथा आरोहणका लागि बाटो खुलेको छ । उक्त टोलीमा कामी रिता शेर्पा समेत छन् । उनले २५औं पटक सगरमाथामा सफल आरोहण गर्न सफल भएका छन् ।

यो वर्षको वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा पुग्ने यो पहिलो टोली हो । उक्त टीममा कामी रितासँगै फुर्तेञ्जी शेर्पा, लाक्पा नोर्बुे शेर्पा, निग्मा तासी शेर्मा, मिग्मा तेञ्जी शेर्पा, फुरा छिरिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोतार शेर्पा, मिग्मा दोर्ची शेर्पा र फुर्बा कुसाङ शेर्पा छन् ।


क्लिकमान्डु