९ ठेकेदार कम्पनी कालोसूचीमा, १ वर्षसम्म सार्वजनिक खरिदमा भाग लिन नपाउने



काठमाडौं । सार्वजनिक खरिद अनुमगन कार्यालयले तोकिएको काम नगरेको भन्दै विभिन्न ९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मनित्रपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनु्मगन कार्यालयले शिवराम कन्स्ट्रक्सन कम्पनी, कौशिकी इन्फोसिस इन्टरनेशनलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ ।

कार्यालयका अनुसार सिनोस्टिल इक्विपमेन्ट एण्ड इन्जिनियरिङ कम्पनी, अधिकारी निार्माण सेवा, श्यामबाबु ओम मित्र जेभी, कार्की सप्लायर्स, बराह गोबरग्याँस तथा नवीकरण ऊर्जा प्रालि, बेलका कन्स्ट्रक्सन कम्पनी र राम्चे सिद्ध निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखेको छ ।

भौतिक निर्माण तथा सामान आयातमा संलग्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मिती देखी लागु हुने गरी निर्माण व्यवसायी/आपुर्तीकर्ताहरु लाई कालोसुचीमा राखिएको हो ।

उक्त निर्माण व्यवसायी /आपूर्तीकर्ताहरुलाई कालोसुचीमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने भएका छन् । सार्वजनिक खरिद अनुमगन कार्यालयले सबै सार्वजनिक निकायहरुलाई जानकारी गराइएको छ ।


क्लिकमान्डु