पर्यटकलाई सहजरुपमा काठमाडौं आउन दिन गृहमन्त्रालयको परिपत्र

448
Shares

काठमाडौं । गृहमन्त्रालयले काठमाडौं बाहिर विभिन्न स्थानमा रहेका पर्यटकलाई काठमाडौं सहजरुपमा आउन दिन परिपत्र जारी गरेको छ ।

कोरोना महामारीका कारण मुलुकका विभिन्न स्थामा लागू भएको निषेधाज्ञाका कारण अहिले पर्यटकहरु काठमाडौं आउन सकेका छैनन् ।

गृहमन्त्रालयले विभिन्न जिल्लाहरुमा रहेका विदेशी पर्यटकहरु गन्तव्य तथा काठमाडौंसम्म आउन कठिनाइ भएको जानकारी प्राप्त भएकाले पासपोर्ट, भिसा तथा आफ्नो देशमा फर्कनेका हकमा हवाई टिकट भएका पर्यटकलाई नियमअनुसार होटल क्वारेन्टिनमा बस्ने गरी काठमाडौं आउनका लागि आवश्यक सहजीकरण गर्नका लागि परिपत्र जारी गरेको हो ।

Skip This