नेपाल र भारतबीच सातामा २ वटा उडान हुने, संक्रमित यात्रु ल्याए खर्च एयरलाइन्स नै बेहोर्नुपर्ने



काठमाडौं । सरकारले भारतसँगको हवाई उडानमा रोक लगाउने निर्णय गरेपछि सातामा २ वटा हवाई उडान भने हुने भएको छ । नेपाल र भारतबीच भएको एयर बबल सुविधा अन्तर्गत सातामा २ वटा दुईतर्फी उडान हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले सूचिकृत गरेको होटलमा १० दिन अनिवार्य क्वारेन्टिमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधा अन्तर्गतका दुईतर्फी उडानहरु हप्ताको दुईवटा उडानमा सीमित गरिने मन्त्रालयले जानकारी दिएको छ ।

यात्रुहरु क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गर्ने जिम्मेवारी मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले गर्नेछ । यसरी होटल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिमा नबसेको प्रतिवेदन गर्ने पनि निर्णयमा उल्लेख छ ।

कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाइ बोर्डिङ पास दिइ यात्रा गराएमा सो उयडानका सबै यात्रुको क्ववारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गर्ने निर्णय भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बैशाख २० गते राति १२ बजेदेखि आन्तरिक र बैशाख २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगत गर्ने निर्णय गरेको थियो ।

तर आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्दार उडानको हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी मन्त्रालयले उडान अनुमति जारी गर्ने छ । चार्टर्ड र उद्दार अन्तर्राष्ट्रिय उडानबाट आउने÷जाने यात्रुहरुको बारकोड र फोटोसहितको पीसीआर रिवोर्ट अनिवार्य गर्ने समेत निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।


क्लिकमान्डु