स्पाइस जेट विमानले कर्मचारीको तलब ९० प्रतिशतसम्म कटौती गर्यो



भारतमा कोरोना भाइरसको महामारीका कारण एभिएसन क्षेत्रमा नराम्रो असर परेको छ । अब कोरोनाको दोस्रो लहरको असर पनि भारतीय एभिएसन क्षेत्रमा देखिन थालेको छ ।

कोरोनाका कारण मानिसहरु हवाई यात्रा गर्न पाएका छैनन् । जसका कारण भारतीय विमान कम्पनीहरुमा तलरता अभाव हुन थालेको छ । जसका कारण भारतीय विमान कम्पनी स्पाइस जेटले अप्रिल महिनाको पारिश्रमिकमा ९० प्रतिशतसम्म कटौती गर्ने भएको छ ।

कम्पनीले अप्रिल महिनामा न्यूनतम १० प्रतिशतदेखि बढीमा ५० प्रतिशत रकम मात्रै पारिश्रमिकका रुपमा भुक्तानी गरेको छ । सञ्चारमाध्यमका अनुसार स्पाइसजेटले लोडर, ड्राइभरसमेत जुनियर स्तरमा काम गर्ने कर्मचारीहरुलाई पूरा पारिश्रमिक भुक्तानी गरेको छ । तर ग्राउण्ड स्टाफ, क्याबिन क्रु, कमर्सियल स्टाफ तथा पाइलटहरुको तलब १० देखि ५० प्रतिशतसम्म मात्रै भुक्तानी गरेको छ ।

साथै विमान कम्पनीका अध्यक्ष अजय सिंहले आफ्नो पूरा पारिश्रमिक छाडिसकेका छन् । उनले कर्मचारीहरुलाई अवस्था सामान्य भएपछि बाँकी पारिश्रमिक भुक्तानी गर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण अहिले दैनिकरुपमा यात्रुको संख्यामा कमी आएसँगै विमान कम्पनीले उक्त फैसला गरेको हो । हाल कम्पनीको विमानबाट यात्रा गर्ने यात्रुको संख्या दैनिक ३ लाखबाट झरेर १ लाख ३० हजारको संख्यामा पुगेको छ ।


क्लिकमान्डु