निषेधाज्ञाको दोस्रो दिन ४ हजारले छाडे काठमाडौं, २३ सय भित्रिए
काठमाडौं । काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञाको दोस्रो दिन ४ हजार ८३ जनाले उपत्याका छाडेका छन् ।
त्रिभुवन विमानस्थलका अनुसार शुक्रबार २ हजार १९३ जना काठमाडौ आएका छन् ।
आज भएका कुल १५८ वटा उडानबाट कुल ६ हजार २७६ जनालाई हवाई यात्रा गरेका छन् ।
आजको उडानमा सबैभन्दा बढी बुध्द एयरले ७० उडान गरेको छ भने यति एयरलाइन्सले ४२ वटा उडान गरेको छ । त्यसैगरी श्रीएयरलाइन्सले २४, नेपाल एयरलाइन्स र तारा एयरले ८/८ वटा उडान गरेका छन् । साथै, समिट एयरले ६ वटा उडान गरेका छन् ।