गुण एयरलाइन्सले यतिसँग खरिद गरेका ५ विमानका लागि मन्त्रालयले दियो अनुमति



काठमाडौं । सरकारले गुण एयरलाइन्सलाई यति एयरलाइन्ससँग खरिद गरेका जेटस्ट्रिम ४१ विमान थप गर्न अनुमति प्रदान गरेको छ । गत चैत १३ गते गुण एयरलाइन्सले आन्तरिक उडानका लागि ५ थान जे४१ विमान थप गरिदिनका लागि अनुमति माग गरेको थियो ।

वैशाख १५ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त अनुमति दिएको हो । जसमा थप हुने विमानहरु अर्को वर्षको वैशाख १४ गतेसम्म सञ्चालन गरिसक्नुपर्ने सरकारले सर्त राखेको छ ।

त्यसैगरी थप हुने जे४१ हरुको सञ्चालन आधार नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थल नै रहने गरी समेत ताक्ने निर्देशन दिएको छ ।

हाल गुण एयरलाइन्सँग २ वटा विमान छन् भने यति एयरलाइन्ससँग खरिद गरेका ५ वटा गरी ७ वटा विमानबाट उडान गर्नेछ ।

गुण एयरलाइन्सका शाक्यका अनुसार वैशाखभित्रै उडान गर्ने योजना छ ।


क्लिकमान्डु