निषेधाज्ञामा आन्तरिक उडानका लागि एयरपोर्टमा भिड, फोटो र भिडियोमा हेर्नुहोस्



काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान टर्मिनलमा यात्रुको भिड बढेको छ ।

सरकारले सार्वजनिक र निजी यातायात सञ्चालनमा प्रतिबन्ध लगाएपनि विमान सञ्चालनमा रोक लगाएको छैन ।

निषेधाज्ञा जारी भएपछि विमान कम्पनीहरुले दैनिक उडानको संख्यामा उल्लेख्य वृद्धि गरेका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएको पहिलो दिन २०८ उडान भएका थिए । पहिलो दिन नै काठमाडौंबाट हवाई मार्ग हुँदै ५ हजार ४५३ जना बाहिरिएका थिए भने २ हजार ८१६ जना काठमाडौं भित्रिएका थिए ।

निषेधाज्ञाको दोस्रो दिन आज काठमाडौंबाट ७७ वटा उडान हुने तालिका रहेको छ ।

हेर्नुहोस् विमानस्थल बाहिर देखिएका दृश्य फोटो र भिडियोमा

भिडियाेः

 


क्लिकमान्डु