निषेधाज्ञाको पहिलो दिन हवाई उडानबाट ५४ सयले काठमाडौं छाडे, २८ सय भित्रिए



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएको पहिलो दिन काठमाडौंबाट हवाई मार्ग हुँदै ५ हजार ४५३ जना बाहिरिएका छन् । त्यसैगरी काठमाडौं भित्रिनेको संख्या २ हजार ८१६ जना छ ।

आज भएका कुल २०८ उडानबाट कुल ८ हजार २६९ यात्रुले हवाई यात्रा गरेको विमानस्थलले जानकारी दिएको छ ।

निषेधाज्ञामा पनि हवाई उडान सञ्चालन हुने भएपछि यात्रुहरुको चाप निषेधाज्ञाको समयमा पनि देखिएको हो ।

त्रिभुवन विमानस्थलका अनुसार आज सबैभन्दा बढी बुध्द एयरले ९६ वटा उडान भरेको थियो । बुध्द एयरले ४ हजार २८ जना यात्रुलाई हवाई सेवा दिएको छ । जसमध्ये २ हजार ६७० यात्रु काठमाडौं ल्याएको छ भने १ हजार ३५८ जना यात्रु काठमाडौंबाट विभिन्न गन्तव्यमा लगेको छ ।

त्यसैगरी यति एयरलाइन्सले ५२ वटा उडानबाट २ हजार ४५७ जना यात्रुलाई सेवा दिएको छ ।
बिहीबार श्री एयरलाइन्सले १ हजार ४८४ जना, तारा एयरले ११३ जना, समिट एयरले ८३ जना यात्रु र नेपाल एयरलाइन्सले १०४ जना यात्रुलाई सेवा दिएको छ ।


क्लिकमान्डु