हवाई उडानमा स्वास्थ्य प्रोटोकल अझै सुनिश्चित गर्न वायुसेवा सञ्चालक संघले गठन गर्यो अनुगमन कमिटि



काठमाडौं । निषेधाज्ञामा अन्य सवारी साधन बन्द भए पनि हवाई उडान भने यथावत राखेको विषयमा विभिन्न पक्षबाट स्वास्थ्य सुरक्षाको प्रश्न उठेपछि वायुसेवा सञ्चालकले कमिटि गठन गरेरै अनुगमन गर्ने भएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशकको संयोजकत्वमा बुध्द एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स, र सौर्य एयरलाइन्सका प्रतिनिधि सम्मिलित अनुगमन कमिटि गठन गरी काम शुुरु गरिसकेको छ ।

हाल विमान कम्पनीहरुले स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गरिरहेको र त्यसको अझै सुनिश्चितताका लागि कमिटि गठन गरिएको संघको भनाइ छ ।

कमिटिले आज गरेको अनुगमनमा विमान कम्पनीहरुले सम्पूर्ण मापदण्ड पालना गरेर सेवा प्रवाह गरेको पाइएको समेत संघले जानकारी दिएको छ । आज काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले समेत आन्तरिक टर्मिनलको स्थलगत निरिक्षण गरेका थिए ।


क्लिकमान्डु