सिटिजन्स बैंकको १६८औं शाखा रौतहटको गरुडामा



काठमाडौं । सिटिजन्स बैंकले रौतहटको गरुडामा १६८औं शाखा सञ्चालनमा ल्याएको छ । बैशाख १५ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ कारोबारको शुरुवात गरिएको छ ।

उक्त शाखामार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १० लाख ग्राहकवर्गलाईसेवाहरु प्रदान गर्दै आएको छ ।

 


क्लिकमान्डु