बजाज शून्य अफरका विजेताले जिते १० लाख रुपैयाँ



काठमाडौं । बजाज बाइकको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कं. प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको बजाज शून्यमा रोशन साफिले १० लाख रुपैयाँ जितेका छन् ।

माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक खरिद गर्दा ६ वटा शून्य प्राप्त गरी उक्त पुरस्कार जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

हालसम्म उक्त अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जितिसकेका छन् ।

अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपर्ने जानकारी दिएको छ । योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत् प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत् ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्ने छन् ।


क्लिकमान्डु