भारत र चीनबाहेकका नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने, १० दिन होटल क्वारेन्टिन अनिवार्य



काठमाडौं । सरकारले भारत र चीनबाहेकका अन्य देशका विदेशी नागरिकलाई स्थलमार्गबाट प्रवेश गर्न रोक लगाएको छ । तर हवाईमार्गबाट भने अन्या देशका नागरिक नेपाल प्रवेश गर्न पाउनेछन् ।

नेपालसँग सिमाना जोडिएका भारत र चीनका नागरिक बाहेक अन्यलाई स्थलमार्गबाट हुने आवगन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

उनका अनुसार स्थलमार्गबाट नेपाल आउनु पर्ने भारतीय नागरिकलाई नेपाल प्रवेश गर्नु अघि ७२ घण्टा अघि स्वाव लिइ पीसीआर परीक्षण नेगेटिभ आएको प्रमाणपत्र पेश गर्नुपर्नेछ । साथै यस्ता नागरिकहरु १० दिन अनिवार्य रुपमा नेपाल प्रवेश गरेपछि होटलमा क्वारेन्टिन बस्नुपर्नेछ । नेपाल प्रवेश गर्नु अघि होटल बुकिङ गरेको प्रमाण समेत पेश गर्नुपर्ने छ ।

त्यसैगरी चिनियाँ नागरिकको हकमा प्रवेशाज्ञाका साथै नेपाल प्रवेश गर्नु ७२ घण्टा अघि स्वाव लिएको र कोरोना परीक्षण नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्ने छ । साथै यस्ता नागरिकहरु १० दिन अनिवार्य रुपमा नेपाल प्रवेश गरेपछि होटलमा क्वारेन्टिन बस्नुपर्नेछ । नेपाल प्रवेश गर्नु अघि होटल बुकिङ गरेको प्रमाण समेत पेश गर्नुपर्ने छ ।

साथै मन्त्रिपरिषदको बैठकले हवाई मार्गबाट नेपाल प्रवेश गर्नेहरुका लागि नेपाल प्रवेश गर्नु ७२ घण्टा अघि स्वाव संकलन भइ नेगेटिभ रिपोर्ट आएको प्रमाण पेश गर्नुपर्नेछ भने १० दिन अनिवार्य रुपमा नेपाल प्रवेश गरेपछि होटलमा क्वारेन्टिन बस्नुपर्नेछ ।

नेपाल प्रवेश गर्नु अघि होटल बुकिङ गरेको प्रमाण समेत पेश गर्नुपर्ने छ । तर नेपाली नागरिकहरु भने होम क्वारेन्टिनमा समेत बस्न सक्नेछन् ।

भारतबाट अस्थायी भइ नेपाल प्रवेश गर्ने नेपालीहरुले स्थानीय निकायको अनुमतिमा १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।


क्लिकमान्डु