दिगो खानेपानी तथा सरसफाइका लागि फिनल्याण्ड सरकारले ९ मिलियन युरो अनुदान दिने



काठमाडौं । सरकारले खानेपानी तथा सरसफाइका लागि फिनल्याण्ड सरकारले दिने भनिएको ९ मिलियन यूरो स्वीकार गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले उक्त अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

‘सबैका लागि दिगो खानेपानी तथा सरसफाइका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने ९ मिलियन यूरो अर्थात् १ अर्ब ३० करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ,’ उनले भने ।

त्यसका साथै बैठकले अर्थमन्त्रालयकै प्रस्तावमा एमसीसीका लागि आवश्यक बजेट व्यवस्थापनका लागि लागि स्वीकृत दिने निर्णय गरेको छ ।


क्लिकमान्डु