एनआईसी एशिया बैंकले ल्यायो ‘क्विक पे’ सेवा



काठमाडौं । एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीलाई एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने ‘क्विक पे’ सेवाको शुरुवात गरेको छ ।

हस्पिटालिटी, ट्राभल÷टुर्स, टेलिमेडिसिन, अनलाईन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय गर्ने व्यवसायीलाई लक्षित गर्दै बैंकले उक्त सेवा शुरु गरेको हो । जसमा क्विक पेमार्फत् बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

उपभोक्ताले ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ्ग एवं इन्टरनेट बैंकिङमार्फत् जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्ने बैंकले बताएको छ ।

अनलाइन भुक्तानी सेवामा आबद्ध नभएका ई-कमर्श कम्पनीले क्विक पेका माध्यमबाट भुक्तानी लिन सक्नेछन् ।


क्लिकमान्डु