रोजगारी गुमेका श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समेट्न महासंघको अपिल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना महामारीका कारण रोजगारी गुमाएका श्रमिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् समेट्न सरकार समक्ष आग्रह गरेको छ ।

महासंघले अपिल जारी गर्दै यस्तो कठीन अवस्थामा सरकारलाई सहयोग गर्न निजी क्षेत्र तयार रहेको उल्लेख गर्दै कोभिडले निम्त्याएको आर्थिक असरलाई सम्बोधन गर्न समेत आग्रह गरेको छ ।

महासंघले आवश्यक सामग्रीहरूको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायीहरू निरन्तर क्रियाशील रहेको जानकारी गराउँदै महासंघ आम उपभोक्ताहरूलाई पनि अनावश्यक सञ्चिति नगरिदिन हुन पनि अपिल गरेको छ ।

‘कोभिडको दोस्रो लहरले निम्त्याएको यस असहज परिस्थितिप्रति निजी क्षेत्र पनि अत्यन्त चिन्तित र संवेदनशील छ । कोभिड महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्रमा पुर्याएको क्षति सर्वविदितै छ । गत आर्थिक बर्षमा १.९९ र चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४.६ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रह्यो,’ महासंघले भनेको छ, ‘दोस्रो त्रैमासदेखि तंग्रिन थालेको अर्थतन्त्रमा फेरि संक्रमण बढदै जादा असर पर्ने देखिएको छ । सरकार, निजी क्षेत्र सहित आम जनता सवैको अहिलेको प्रमुख दायित्व फेरि पनि संक्रमणलाई पैmलिन नदिइ अर्थतन्त्रलाई पनि चलायमान बनाउनु रहेको छ ।’

महासंघले जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले चालेका सवै प्रयासमा सदाझै सहयोग गर्ने निजी क्षेत्रको प्रतिवद्धता छ । निशेधाज्ञाका समयमा आम जनताको दैनिकजीवनयापन सहज बनाउन, उनीहरूको दैनिक आवश्यकता पूरा गर्न, अत्यावश्यक खाद्यान्न लगायत स्वास्थ्य सामग्रीहरूको बजारमा सहज आपूर्तिमा निजी क्षेत्र सरकारस“गै रहेको बताएको छ ।

महासंघले उच्चतम स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपायहरू अलवम्वन गरी निशेधाज्ञाको समयमा पनि रोजगार रोजगारी नगुम्ने र आर्थिक गतिविधि सञ्चालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको सरकारस“ग माग गरेको छ ।

‘आर्थिक महत्व बोकेका ठूला परियोजनाहरूको निरन्तर सञ्चालनको सुनिश्चितता, उद्योग कलकारखानाहरूको संचालन आवश्यक छ । उत्पादित सामानहरूको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजता सहित उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक कामदार कर्मचारीहरूको आवतजावतलाई सहज बनाउनु आवश्यक छ,’ महासंघले भनेको छ ।

यसैगरी लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत बर्ष घोषणा भएको राहतको निरन्तरतासंगै नया लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै घोषणा गर्न महासंघ सरकारसमक्ष महासंघले अनुरोध गरेको छ ।

यस संकटको घडिमा आम व्यवसायीले गत वर्षदेखि आपूर्ति व्यवस्था अवरुद्ध हुन नदिइ दिन रात सेवा प्रदान गर्नुभएकोमा महासंघ सम्पूर्ण निजी क्षेत्रप्रति आभार व्यक्त गर्दै यहाहरूको कामको सराहना गर्दछ ।

फ्रन्टलाइनमा बसेर सेवा र वस्तु उपलब्ध गराउने व्यवसायीलाई प्राथमिकतामा राखि खोप उपलब्ध गराउन पनि महासंघ सरकारसंग आग्रह गर्दछ । व्यवसाय संचालन गर्दा सम्पूर्ण स्वस्थ्य सतर्कता अपनाउन आम व्यवसायीहरूसमक्ष महासंघ अपिल गर्दछ ।

विगतमा झैं यसपटक पनि संकटको बेलामा अनावश्यक संचिति र मूल्य वृद्धि नगरि आम सर्वसाधारणलाई सेवा प्रदान गर्न पनि महासंघ सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गर्दछ ।

यसैगरी आवश्यक सामग्रीहरूको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायीहरू निरन्तर क्रियाशील रहेको जानकारी गराउदै महासंघ आम उपभोक्ताहरूलाई पनि अनावश्यक सञ्चिति नगरिदिन हुन पनि अपिल गर्दछ ।

सरकार निजी क्षेत्र र आम जनता एकजुट भएमा जोखिम कम गरि फेरि छिट्टै नै सहज अवस्थामा आफ्ना दैनिक काम गर्न सकिने महासंघको विश्वास छ । संक्रमण फैलिन नदिन र विरामीहरूको उपचारका लागि अस्थायी आइसोलेसन, क्वारिन्टिन र अस्पताल समेतको आवश्यकता पर्ने देखिएको छ । यसमा केन्द्र प्रदेशसंग स्थानिय तह पनि उत्तिकै संवेदनशील भई संक्रमण फैलिन नदिन र उपचार सेवा उपलब्ध गराउन तत्पर रहनुपर्ने देखिन्छ ।

संकटको यस घडीमा नेपाल उद्योग वाणिज्य महासंघ सरकार एवं आम उपभोक्ताको साथमा रहेको प्रतिवद्धता जनाउँदै आवश्यक सहयोग र सहकार्यका लागि सदा तत्पर रहेको जानकारी पनि गराउन चाहन्छ ।


क्लिकमान्डु