हायात होटलको घाटा पौने ९ करोड



काठमाडौं । पाँचतारे होटल हायात रेजेन्सीको घाटा चालु आवको दोस्रो त्रैमाससम्म ८ करोड ७५ लाख पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कुल आम्दानी ६६.५८ करोड र कर्मचारी बोनस, सीएसआर र कर अघिको आम्दानी १७.७६ करोड रहेकोमा आव २०७७/७८ मा कुल आम्दानी ६१ करोडले घटेर ५.५७ करोडमा सीमित भएको छ । जसका कारण होटललाई ८.७६ करोड घाटा भएको छ ।

होटलले बुधबार प्रकाशित गरेको वित्तीय विवरणमा कोरोना महामारीका कारण प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा परेको असर र हवाई उडानहरु ठप्प भएकाले घाटा बढेको उल्लेख छ ।

१ अर्ब ८८ करोड ६६ लाख चुक्ता पुँजी रहेको होटलले रिजर्भमा ३७ करोड ९५ लाख रुपैयाँ राखेको छ ।


क्लिकमान्डु