बैंक अफ काठमाण्डूको ब्याज आम्दानी घटेपनि सञ्चालन आम्दानी बढ्दा नाफा ३३.८७%ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक अफ काठमाण्डूले खुद नाफा ३३.८७ प्रतिशतले वृद्धि गरेको छ । गत आवको चैत मसान्तसम्म बैंकले ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

जुन चालु आवको सोही अवधिमा २९ करोड ५८ लाख रुपैयाँले थप गरी १ अर्ब १६ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीइ विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ८५ करोड ६९ लाख रुपैयाँ रहेको उल्लेख छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ ४.८६ प्रतिशत र कर्जा प्रवाहतर्फ २२.२७ प्रतिशतको वृद्धि गरेको छ ।

चालु आवको चैत मसान्तसम्म ९६ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आको सोही अवधिमा बैंकले ९२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

जसबाट बैंकले २ अर्ब २३ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १८.१६ प्रतिशतले कम हो ।
तर, सो अवधिमा बैंकको सञ्चालन आम्दानी भने ३३.८७ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको चैत मसान्तसम्म ८७ करोड ३४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब १६ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी, सो अवधिमा बैंकको खराव कर्जा अनुपात १.०१ प्रतिशत, बेसरेट ७.६० प्रतिशत, स्प्रेडरेट ३.२६ प्रतिशत, सीसीडी रेसीयो ८१.२२ प्रतिशत र पुँजी कोष अनुपात १३.८८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु