विमानस्थलमा साझा यातायातका बस परिचालन गरिने, यात्रुलाई टिकटका आधारमा आउन जान दिने निर्णय



काठमाडौं काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भए पनि हवाई उडान भने सञ्चालन हुने भएका छन्

मंगलबार वायूसेवा सञ्चालक नागरिक उड्डयन प्राधिकरणबीच भएको बैठकले बुँदे सहमति गरेको

जसअनुसार वायुसेवा सञ्चालक तथा विमानस्थलमा कार्यरत निजी क्षेत्रका संघ सस्था तथा कर्मचारी तथा सवारी साधनलाई आवश्यकता औचित्यका आधारमा प्राधिकरणले अनुमति दिने निर्णय गरिएको

त्यसैगरी हवाई यात्रुको हकमा हवाई टिकट परिचय पत्रका आधारमा विमानस्थल आउन जान सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् सहजिकरण गर्ने समेत सहमति भएको

त्यसैगरी त्रिभुवन विमानस्थलमा हवाई यात्रुको आगमनलाई सघाउ पुर्याउन साझा यातायातका बसलाई परिचालन गर्ने समेत सहमति भएको 


क्लिकमान्डु