‘टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत अपाचे आरआर ३१० को पहिलो विजेता घोषणा



काठमाडौं । टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत कैलाली–०२, बर्दियाका बालचन्द थारु टीभीएस अपाचे आरआर ३१० को पहिलो बिजेता घोषणा गरिएको छन् ।

बिजेताले टीभीएस आरटीआर अपाचे १६० टुभी खरिद गरेका थिए । टीभीएस, वा, वाह्, वाह्ह् योजना अन्तर्गत ग्राहकले टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्ने छन् ।

यो योजना अन्तर्गत हरेक १५ दिनमा टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारणमार्फत् गोलाप्रथाद्वारा बिजेता घोषणा गरिने छ ।

यस योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरको खरिदमा १० हजार रुपैयाँसम्मको पक्का डिस्काउन्ट र शुन्य प्रतिशत व्याजदरको व्यवस्था भएको ‘वा’ अफर रहेको छ ।

साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनैपनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० उपहार पाउनेछन् ।

यो योजना यतिमामात्र सीमित नभएर ‘वा’ बाट ‘वाह्’ हुँदै ‘वाह्ह्’सम्मको थप भव्य बनाउने योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्ट्यान्डर्ड एमटी भर्जनको नयाँ प्रोटोन सागा गाडी गोलाप्रथामार्फत् प्राप्त गर्नेछन् ।


क्लिकमान्डु