इन्भेस्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता, जापानबाट सजिलै पैसा पठाउन सकिने



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता भएको छ । जसअनुसार अब जापानमा रहेका नेपालीहरुले नेपालमा सजिलै पैपा पठाउन सक्ने भएका छन् ।

सम्झौताअनुसार जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्माइल मोबाइल रेमिट्यान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।

मोवाइल एप गुगलको प्लेस्टो र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । स्माइल मोबाइल रेमिट्यानमार्फत् पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिन्छ ।

उक्त रकम नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ ।


क्लिकमान्डु