ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन पनि बिहीबारदेखि बन्द हुने



काठमाडौं । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्दै गएको भन्दै यातायात व्यवस्था विभाग कार्यालयले अर्को सूचना नभएसम्मका लागि बिहीबारदेखि सवारी चालक अनुमति पत्रको आवेदन बन्द गर्ने निर्णय गरेको छ ।

विभागले अर्को सूचना नभएसम्मका लागि ड्राइभिङ लाइसेन्सका लागि अनलाइनमार्फत् लिइने आवेदन बन्द गरेको जानकारी दिएको हो ।

विभागले भनेको छ, ‘वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने बेहोरा जानकारी गराइन्छ ।’


क्लिकमान्डु