निषेधाज्ञामा पनि हवाई उडान सञ्चालन हुने, टिकट देखाएर यात्रु हिँड्न पाउने



काठमाडौं । काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेक सबै सेवा बन्द भए पनि हवाई उडान भने सञ्चालन हुने भएको छ ।

आज वायुसेवा संघको टोलीले नागरिक उड्डयन प्राधिकरणमार्फत् मन्त्रालयमै हवाई उडान सञ्चालन जारी राख्न अनुरोध गरेको थियो ।

जस अनुसार हवाई उडान जारी राख्ने सहमति भएको बुध्द एयरका प्रवक्ता रुपेश जोशीले जानकारी दिए ।

उनका अनुसार आज संघको टोलीले क्यान र मन्त्रालयका पदाधिकारीसँग भेट गरेको थियो ।

जसमा अन्तर्राष्ट्रिय उडान जस्तै आन्तरिक हवाई उडान सञ्चालन गर्ने र यात्रुलाई टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न दिन संघले गरेको अनुरोध स्वीकार गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गर्ने बचन दिएको जोशीले जानकारी दिए ।

सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । जस अनुसार अत्यावश्यक बाहेकका सार्वजनिक र निजी सवारी साधन चल्न नदिने निर्णय गरे पछि हवाई उडान भने सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।


क्लिकमान्डु