१६ वटा हिमाल आरोहणका लागि ७२३ जनाले लिए अनुमति, ५३ करोड राजस्व संकलन



काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष ठप्प प्रायः भएको हिमाल आरोहणमा यस वर्ष भने आकर्षण देखिएको छ ।

स्वदेशी र विदेशी नागरिकहरुले यस वर्षको वसन्तु ऋतुमा मात्रै १६ वटा हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् ।
पर्यटन विभागका अनुसार हालसम्म १६ वटा हिमालका लागि ७२३ जनाले अनुमति लिइसकेका छन् । वसन्त ऋतुको समयमा केहीले त हिमाल आरोहण समेत पूरा गरिसकेका छन् ।

विभागका अनुसार सबैभन्दा सगरमाथा हिमाल आरोहण गर्नका लागि ९० जना महिला, ३०३ जना र एक जना अन्य गरी ३९४ जनाले अनुमति लिइसकेका छन् ।

त्यसैगरी लोत्से हिमाल आरोहणका लागि १२३ जना, अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जना, नुप्से हिमाल आरोहणका लागि ३८ जना र धौलागिरि हिमाल आरोहणका लागि ३३ जनाले अनुमति लिइसकेका छन् ।

विभागका अनुसार कुल ८२ टीममा ५९३ जना पुरुष, १५९ जना महिला र थप एक जना गरी ७२३ जनाले ५३ करोड ५ लाख ७८ हजार ६८९ रुपैयाँ ९० पैयाँ राजस्व बुझाइसकेका छन् ।

जसमध्ये सगरमाथा आरोहणका लागि मात्रै ४७ करोड ७७ लाख ७४ हजार ९८७ रुपैयाँ राजस्व संकलन भएको छ ।


क्लिकमान्डु