बजेटमा हानको सुझावः २ वर्षसम्म होटल क्षेत्रलाई विशेष करको व्यवस्था हुनुपर्यो



काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले आगामी वर्ष २०७८/७९ को बजेटमा होटल क्षेत्रलाई २ वर्षसम्मका लागि विशेष कर छुटको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

हानले बुझाएको सुझावमा आगामी २ वर्षसम्मका लागि मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छु, आयकरमा ५० प्रतिशत छुटको माग गरेको छ । त्यसैगरी जरिवाना र हर्जानाहरु पूर्णरुपमा मिनाहा गर्नुपर्ने पनि हानको माग छ ।

त्यसैगरी विशेष पूर्नकर्जाको सीमा ५ करोडबाट १० करोडसम्म पुर्याउनु पर्ने, २ वर्षका लागि विद्युत महशुलमा ५० प्रतिशत छुटको व्यवस्थाका साथै अवस्था सहज नहुञ्जेलसम्मका लागि वा कम्तीमा २ वर्षको लागि डिमाण्ड शुल्कमा शतप्रतिशत छुटको व्यवस्था हुनुपर्ने समेत माग गरेको छ ।


क्लिकमान्डु