करिब डेढ दशकअघिको १ खर्ब पुर्याउने निर्यात लक्ष्य यो वर्ष पूरा हुँदै



काठमाडौं । करिब डेढ दशक अघिको निर्यात मूल्यलाई १ खर्ब पुर्याउने नेपालको लक्ष्य यो वर्ष पूरा हुने भएको छ ।

सरकारले २०६४ सालमा पहिलो पटक तीन वर्षीय अन्तरिम योजना अनुसार १ खर्ब पुर्याउने लक्ष्य लिएको थियो । तर, अन्तरिम योजना सकिएको करिब डेढ दशक अघिको लक्ष्य यो वर्ष पूरा हुने भएको हो ।

आर्थिक वर्ष २०७६/७७ शुरुदेखि नै निर्यातले दोहोरो अंकको वृद्धिदर हासिल गर्दै आएकाले उक्त वर्षमा निर्यात मूल्यले १ खर्ब नाघ्ने अनुमान गरिएको थियो ।

तर, गत वर्ष देशव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण चैतबाट निर्यात सुस्तायो । चैतबाट निर्यात वृद्धिमा सुस्तएसँगै आर्थिक वर्षको अन्तमा आइपुग्दा निर्यात वृद्धि निकै कम भएको थियो । यसले गर्दा गत वर्ष दशकअघिको लक्ष्य पूरा हुन सकेन ।

त्यसैगरी कोभिड–१९ का कारण निर्यात मात्रै घटेको थिएन आयातसमेत १५.६३ प्रतिशतले घटेको थियो । उक्त समयमा पनि नेपालले ०.६२ प्रतिशतले भने निर्यात गर्न सफल भएको थियो ।

गत वर्ष शुरुदेखि नै दोहोरो अंकले वृद्धिदर हासिल गरेको नेपालले चालु आव २०७७÷७८ मा निर्यात वृद्धिदर भने बढेको छ ।

चैतमसान्तसम्ममा निर्यात मासिक सरदर १० अर्ब ५२ करोडका दरले बढ्दै ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सोही वृद्धिदर आगामी दिनमा पनि कायम भएमा १ खर्ब बढी नाघ्ने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले जानकारी दिए ।

उनका अनुसार चालु आवको शुरुवातीमै नेपाली उद्योगीहरूले निर्यात उल्लेखनीय गर्न सफल भएको थियो । आगामी ३ महिनामा पनि सोही अनुसार निर्यातमा वृद्धि भएर १ खर्ब २५ अर्बमा सीमित हुने बताए ।

‘चैत मसान्तसम्मको मूल्याङ्कन गर्दा मासिक रुपमा साढे १० अर्ब बढीको निर्यात भएको तथ्याङ्कले देखाउँदछ,’ उनले क्लिकमान्डूसँग भने, ‘बाँकी ३ महिनामा पनि सोही अनुसार निर्यात भएमा १ खर्ब २५ खर्ब सीमित हुनेछ ।’

साथै करिब एक दशकभन्दा अघिको लक्ष्य यो वर्ष पूरा हुनेमा विश्वस्त रहेको उनले बताए । तर, हाल कोभिडको दोस्रो लहर शुरु भएकाले निर्यात मूल्य १ अर्ब पुग्ने निश्चित भएपनि अनुमान गरे अनुसार भने लक्ष्य पुग्न नसक्ने उनको भनाइ छ ।

कोरोना महामारीले निकै प्रभाव परेपनि चालु आवमा १ खर्ब लक्ष्य पुग्नु भनेको निकै सकारात्मक पक्ष रहेको उनले जिकिर गरे ।
‘कोरोनाले पहिलो चरणमा केही असर परे पनि निर्यात व्यवसायीहरूले उक्त समयको सदुपयोग गरी लक्ष्य हासिल गर्न सफल भएको छ,’ उनले भने ।

चालु आवको निर्यात वृद्धिदर
आर्थिक वर्ष २०७७/७८ को शुरुवाती चरणमा कोभिडको निकै असर परेपनि नेपालबाट ८.८६ प्रतिशतले निर्यात गर्न सफल भएको थियो ।

साउन महिनामा मात्रै नेपालबाट ९ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो ।

जसमा चैतमसान्सम्ममा आइपुग्दा निर्यात मूल्य वृद्धिदर २०.२३ प्रतिशतमा सिमित भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार करिब ९ महिनाको अवधिमा नेपालले ९४ अब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्न सफल भएको छ । यसले गर्दा व्यवसायीहरू र सरकार उत्साहित रहेको अधिकृत बजगाईको भनाइ छ ।

डेढ दशकअघिको निर्यात तथ्याङ्क
सरकारले २०६४ सालदेखि १ अर्ब लक्ष्य पुर्याउने भएपनि उक्त लक्ष्य अनुसार निर्यात गर्न सकेको थियो ।

२०६४/६५ मा पहिलो त्रिवर्षीय योजनाको आधारमा १ खर्ब लक्ष्य लिएपनि सो वर्षमा ५८ अर्बमा सीमित भई २०६६/६७ मा पनि ६१ अर्बमा सिमित रह्यो ।

त्यसपछि सरकारले २०६७/६८ मा आएको त्रिवर्षीय योजनाले पनि सोही लक्ष्यलाई निरन्तरता दिँदै अन्तिम वर्ष २०६९/७० को वार्षिक निर्यात ७७ अर्बमा सिमित भई लक्ष्य हासिल गर्न सकेको थिएन । तर, यो वर्ष भने चालु आवको चैतमसान्तसम्मको तथ्याङ्क अनुसार १ खर्ब पुग्ने निश्चित भएको छ ।

 


क्लिकमान्डु