निषेधाज्ञा घोषणासँगै वायुसेवा कम्पनीले बढाए उडान संख्या, आज १२८ उडान हुँदै



काठमाडौं सरकारले कोरोनाको बढ्दो जोखिम नियन्त्रण गर्न काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेसँगै वायुसेवा कम्पनीले हवाई उडानको संख्या बढाएका छन्

काठमाडौंमा बिहीबारदेखि निषेधाज्ञा शुरु हुँदैछ यसबीचमा मानिसहरु आफ्नो गन्तव्यमा सहजै पुग्न सकुन भन्ने उद्देश्यले उडान संख्या बढाइएको हो

सोमबार आन्तरिक उडानतर्फ १२३ वटा उडानबाट १२ हजार २५१ जना यात्रुले उडान भरेका थिए काठमाडौंमा निषेधाज्ञा लागू हुने भएपछि हवाई यात्रुहरु बढेका छन्

विमानस्थलका अनुसार मंगलबार १२८ वटा उडान सेड्युल छन् जसमध्ये बुध्द, यति, नेपाल एयरलाइन्स, सिता श्री एयरलाइन्सले उडान संख्या थप गरेका छन्

जसमध्ये मंगलबार बुध्द एक्लै ६६ वटा उडान गर्नेछ भने यति एयरलाइन्सले ३२,  श्री एयरलाइन्सले १३,  नेपाल एयरलाइन्स, तारा सूर्या/ उडान गर्दैछन् साथै समिटले सिता एयरलाइन्सले उडान गर्दैछन्


क्लिकमान्डु