हवाई उडान तत्काल नरोक्ने सरकारको निर्णय



काठमाडौं । सरकारले हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्कालता लागि आन्तरिक हवाई उडान सञ्चालन हुन दिने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा लागू गर्ने निर्णयसँगै सार्वजनिक सवारी साधन चल्न नपाउने भनिए पनि हवाई उडानको हकमा भने तत्काल बन्द गर्ने निर्णय गरिएको छैन ।

अन्तर्राष्ट्रिय उडान भने सञ्चालन हुनेछ ।

 


क्लिकमान्डु