अर्बन स्पेसले शिलन्यास गर्यो युरेपियन स्ट्यान्डर्डको हाउजिङ निर्माणको काम



काठमाडौं । ‘अर्बन स्पेस’ले युरोपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ् निर्माणको उद्घाटन गरेको छ ।

ललितपुरको सातदोबाटो निर्माण हुन लागेको उक्त हाउजिङको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडा र ‘अर्बन स्पेस’ का संस्थापक बिपिन गैरेले गरेका हुन् ।

अर्बन स्पेस बंगला र हाउजिङको एउटा मिश्रित हाउस हो जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेश गर्न एन्ट्री बनाइएको हुन्छ ।

यस परियोजनाको अभिप्राय भनेको गेटेड समूदायलाई डिस्ट्रोइ गरी सोसियल कम्युनिटीको निर्माण र फोस्टर गर्नु रहेको कम्पनीले जनाएको छ । अर्बन स्पेसको उद्देश्य भनेको सुखद् सहरी जीवनको अनुभव प्रदान गर्नु हो ।

हाउजिङ ललितपुरको मुटु (रिंग रोडदेखि २०० मिटर बाहिर)मा अवस्थित रहेको छ । यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् जसले एक अर्का बीच सद्भाव कायम राखी जीवन शैली र वातावरणमा विविधता प्रदान गर्दछन् ।

अर्बन स्पेसको विशेष फाइदाहरुमा भूकम्प प्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिंग प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्लीइन्सुलेटेड वाल, साउन्डइन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हीटिंग जस्ता सुविधाहरु समावेश छन् ।


क्लिकमान्डु