निषेधाज्ञा हुने भएपछि यति एयरलाइन्सले थप्यो उडानको संख्या



काठमाडौं । वैशाख १६ गतेदेखि उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लागू हुने भएपछि यति एयरलाइन्सले आफ्नो सबै गन्तव्यका लागि उडान संख्या थप गरेको छ ।

निषेधाज्ञा लागू भए पनि यात्रुहरु सुरक्षित रुपमा गन्तव्यमा पुग्न सकुन भन्ने उद्देश्यले यति एयरलाइन्सले उडान संख्या थप गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै यात्रुहरुको सुविधाका लागि आजदेखि थप उडानहरुको व्यवस्था गरिएको जानकारी गराएको हो ।


क्लिकमान्डु