नेपाल एयरलाइन्सको टिकटको मूल्य क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न पाइने



H

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली आजदेखि प्रारम्भ भएको छ ।

निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्तरुपमा सो कार्यको शुरुवात गरे ।

निगमका महाप्रवन्धक डिम प्रसाद पौडेलले बदलिंदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताए ।

उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालीमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाँऊ गाँऊबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने कुरा बताए ।

सोही अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागितासहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गरे । र, भविष्यमा उल्लेखनीय एंव स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले निगमसँग पुन सहकार्य गर्ने अवसर पाएकोलाई बैंकले उपलब्धिको रुपमा लिएको छ भन्नुहुँदै भविष्यमा अन्य विषयमा पनि मिलेर काम गर्ने धारणा व्यक्त गरे ।


क्लिकमान्डु