डेभलपमेन्ट बैंकर्स एसोसियशन नेपालका अध्यक्ष पोखरेल कोराना संक्रमित



काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियशन नेपालका अध्यक्ष प्रध्युम्न पोखरेल कोरोना संक्रमित भएका छन् ।

अध्यक्ष पोखरेल गत बैशाख ३ गतेदेखि कोरोना संक्रमित भएका हुन् । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संघका अध्यक्ष पोखरेल आफु नयाँ वर्ष २०७८ मनाउन साथीसँग भेटघाटको क्रममा संक्रमित भएको बताए ।

‘स्वास्थ्य मापदण्ढ पुरा गरी साथीभाइसँग नयाँ वर्षको दिन भेटघाट गरिएको थियो, जसमध्ये एक जना साथीलाई पोजेटिभ देखिएपछि परिक्षण गराएको थिए,’ उनले क्लिकमाण्डूसँग भने, ‘कन्ट्याक्ट ट्रेसिङ्गमा परेपछि कार्यालय नगइ घरै बसेको भएर कार्यालयका कोही कर्मचारी कन्ट्याक्ट ट्रेसिङ्गमा पर्नु भएन ।’

आफुसँगै श्रीमतीको पनि कोरोना परिक्षण गराउँदा पोजेटिभ देखिएको हुँदा दुवै घरैमा आइसोलेट भएर बसेको र हाल दुवैको स्वास्थ्य स्थीति सामान्य रहेको उनले जानकारी दिए ।

चिकित्सकको सल्लाहअनुसार नै घरैमा उपचार गरिरहेको र २ साता पछि पुनः कोरोना परिक्षण गराउने उनले बताए ।

तोकिएको स्वास्थ्य मापदण्ढको पालना गर्दा गर्दै पनि कोरोना संक्रमित भएको हुँदा सबैलाई अहिलेको अवस्थामा बढी नै सावधानी अपनाउन उनले आग्रह गरे ।


क्लिकमान्डु