निषेधाज्ञा हुने भएपछि बुध्द एयरले आजैदेखि सबै गन्तव्यका लागि उडान संख्या बढायो



काठमाडौं । उपत्यकाका ३ जिल्लामा निषेधाज्ञाको हुने चर्चा चलेसँगै बुध्द एयरले सबै गन्तव्यहरुमा उडान थप गरेको छ । कम्पनीले आजैका दिनदेखि सबै गन्तव्यमा उडान संख्या थप गरेको जानकारी दिएको छ ।

‘वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी हुने चर्चा चलेको छ, यसैलाई मध्यनजर गर्दै निषेधाज्ञा लागू नहुँदासम्म सबै गन्तव्यमा उडान संख्या थप गरेको छौं,’ कम्पनीले भनेको छ ।

बुध्द एयरले निषेधाज्ञा अघि नै राजधानीबाट विभिन्न गन्तव्यमा जानेको संख्या बढ्ने भएकाले उडानहरु थप गरिएको बताएको छ ।

‘निषेधाज्ञापछि आउजाउ गर्न सहज हुनेछैन । तसर्थ बुध्द एयरले आजदेखि १६ गतेसम्मका लागि यसका सबै गन्तव्यहरुमा उडान संख्या थप गरेको छ,’ कम्पनीले भनेको छ ।

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘उडान संख्था थपिएपछि यात्रुहरुले आउजाउ गर्न सहज र सरल हुनेछ । बुध्द एयरका उडानहरु संक्रमणरहित छन्, यसले हरेक उडान अगाडी जहाजलाई संक्रमणरहित सरसफाई गर्ने गरेको छ ।

उडानका क्रममा तापक्रम चेकजाँज, फेशशिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्याण्ड सेनिटाइज गर्ने गरेको छ ।’


क्लिकमान्डु