लक्ष्मी बैंकको एपीआइ बैंकिङमा आधारित एलएक्सबी कनेक्टमा साझेदारीको आह्वान



काठमाडौं । लक्ष्मी बैंकले एआइपी बैंकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीतिबमोजिम एलएक्सबी कनेक्ट नामक एपीआइ डेभलपर्स प्लेटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ ।

यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् ।

एलएक्सबी कनेक्ट स्यान्डबक्स इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआइसँग सम्बन्धित कार्यसँग एकीकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्नहुन्छ ।

लक्ष्मी बैंकले निम्नबमोजिम खाता व्यवस्थापन, वित्तीय तथा गैर वित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी एपीआइमा पहुँच प्रदान गर्नेछ । जस अन्तर्गत खाता व्यवस्थापनमा खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने, वित्तीयमा हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट आदि गैर वित्तीयमा विनिमय दर, शाखा÷एटीएमबारे जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि पर्छन् ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकका १२९ शाखाहरु, ५ हस्पितल काउन्टर, १५८ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ६१ शाखा सहित बैैैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन् ।


क्लिकमान्डु