बिहीबारदेखि उपत्यकामा निषेधाज्ञाको प्रस्ताव, अत्यावश्यक बाहेकका सबै सेवा बन्द



काठमाडौं । कोरोना भाइरसको संक्रमण दर उच्च हुँदै गएपछि उपत्यकाका तीन वटा जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू गर्ने तयारी गरिएको छ ।

यसका लागि सोमबार बसेको काठमाडौं, भुक्तपुर र ललितपुर तीन वटै जिल्लाका सीडीओहरुको बैठकमा उक्त प्रस्ताव पेश गरिएको छ । तर निर्णय भने अझै भइसकेको छैन ।

तीन वटै सीडीओ र गृहसचिव सम्मिलित बैठकमा बिहीबारदेखि निषेधाज्ञा लागू गर्ने विषय बैठकमा पेश भएको भए पनि निर्णय भइ नसकेको भक्तपुर जिल्लाका सीडीओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

कोरोना महामारीको संक्रमण दर उच्च हुँदै गएपछि बाँके, बर्दियालगायतका विभिन्न स्थानमा निषेधाज्ञा जारी भइसकेको छ ।

यता आइतबार नै सीसीएमसीको बैठकले सम्पूर्ण विद्यालय तथा शिक्षालय बन्द गर्ने र परीक्षा स्थगित गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

यसअघि सीसीएमसीले गाउँको हकमा २ सय जना र सहरको हकमा ५०० भन्दा बढी संक्रमित भइसकेपछि निषेधाज्ञा लागू गर्नका लागि स्थानीय प्रकाशनलाई अख्तियारी दिइसकेको छ ।

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने गरी निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ ।


क्लिकमान्डु