संघाइ अटो शोमा चर्चामा रहेका यी हुन् ब्याट्रीबाट चल्ने ५ कार



संघाइ अटो शोमा टेस्लाको बुथमा उसको इलेक्ट्रिक कार निकै भिड देखिएको छ । इलेक्ट्रिक कारमा मानिसहरुको रुचि कति छ भन्ने यहाँ लागेको भिडले देखाएको छ ।

संघाइको यो अटो शो एक कार शो भएर पनि कार शोमा मात्रै सीमित छैन । पछिल्लो समय यस्ता अटो शोमा अटो इन्डिस्ट्रीमा भइरहेको मोबिलिटीका विषयमा अधिक चर्चा हुन थालेको छ । त्यो भनेको इलेक्ट्रिक भेहिकल्स हो ।

इलेक्ट्रिक भेहिकल उद्योगका लागि चीन यस्तो बजारका रुपमा अगाडि बढिरहेको छ जहाँ व्यापक सम्भावनाको रुपमा हेरिएको छ । यहाँ ठूलो मात्रामा अनुसन्धान पनि भइरहेको छ । गाडीहरु पनि निकै बिक्री भएका छन् ।

यहाँ हामीले चर्चा गर्न लागेको केही कारबारे तपाईंले पहिले नै सुनिसकेको हुन सक्नुहुन्छ । सन् २०२० मा चीनमा १२ लाख युनिट इलेक्ट्रिक भेहिकल बिक्री गरिएको थियो । विश्वमा जति इलेक्ट्रिक भेहिकल बिक्री हुन्छन् त्यसको ४० प्रतिशत बजार चीनमा छ ।

जीकर
चिनियाँ अटो कम्पनी जिलीले उत्पादन गरेको इलेक्ट्रिक कार हो जीकर । यो केही समय अघि मात्रै बजारमा आएको हो । चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनीले जीकर कार उत्पादन गरेको हो । बजारमा यो कार सन् २०२१ को तेस्रो त्रैमाससम्ममा आउने अपेक्षा गरिएको छ । यो कार एक पटकमा फूल चार्ज गरेपछि ७०० किलोमिटरसम्म गुड्न सक्ने क्षमता राख्छ ।

नियो
यो चीनको सबैभन्दा महंगो इलेक्ट्रिक भेहिकल ब्राण्डमध्येको एक हो । यो कम्पनीको वर्तमान हैसियत फोर्ड कम्पनीभन्दा पनि बढी छ । र, यो नियो कम्पनीको बेस्ट सेलर कार हो । कम्पनीको उक्त कारमा डिजाइनमा निकै ठूलो मिहेनत गरिएको छ । जसका कारण कम्पनीले आफूले कारभन्दा बढी अनुभव बिक्री गर्ने बताउँदै आएको छ ।

फोक्सवागन आइडी ६ एसयूभी
चीनमा यो समयमा सैयौ्र इलेक्ट्रिकल भेहिकल बनाउने कम्पनीहरु छन् । जसमा केही ठूला कम्पनी छन् भने केही साना कम्पनी छन् । फोक्सवागन जस्ता पुराना कम्पनी तथा ठूला कम्पनीहरु अब यतिबेला आफ्नो फोकस इलेक्ट्रिक भेहिकल सेग्मेन्टतर्फ बढाइरहेको छ । यो जर्मन कम्पनीको उद्देश्य चीनमा आफ्नो कैयन मोडल्सका इलेक्ट्रिक कार उत्पादन गर्ने लक्ष्य लिएको छ ।

बिल्ड युअर ड्रिम्स
यो चीनमा इलेक्ट्रिक भेहिकल बनाउने सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो । यो वीआइडी’ अर्थात् बिल्ड युअर ड्रिम्स हो । अमेरिकाको सुपर इन्भेस्टमेन्ट वारेन बफेटले यो कम्पनीमा आफ्नो पैसा लगाएका छन् ।
सहरी जिन्दगी तथा बाटोका लागि खासरुपमा निर्माण गरिएको यो कारले इलेक्ट्रिक भेहिकलको क्षेत्रमा ठूलो सम्भावना बोकेको भनि चर्चा गरिएको छ ।

सापेङ
यो चीनमा इलेक्ट्रिक भेहिकल स्टार्ट अपको क्लासिकल कथा जस्तै छ । यो कम्पनीको कारोबार त बढिरहेको छ तर नाफा भने गर्न सकेको छैन । यो कम्पनीले यस्तो कार बनाइरहेका छन् । जसलाई टेस्लाको कारसँग तुलना गरिएको छ । यो कम्पनीले बजारमा कम मूल्य पर्ने कार निर्माणमा समेत योजना बनाएको छ । यो कम्पनीले ड्रोन पनि उत्पादन गरिरहेको छ ।


क्लिकमान्डु