एनआइबीएल समृद्धि फण्ड-२ को १२ करोड इकाइ आजेदेखि निष्कासन, कति भर्ने आवेदन ?



काठमाडौं । एनआइबीएल एस क्यापिटलले आजदेखि ‘एनआइबीएल समृद्धि फण्ड–२’ निष्कासन गरेको छ । कम्पनीले १२ करोड इकाइ निष्कासन गरेको हो ।

कुल इकाइमध्ये १० लाख इकाइ बीज पुँजी वापत कोष व्यवस्थापक एनआइबीएल एस क्यापिटल र २ करोड ३० लाख इकाइ कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्याएको छ । बाँकी ९ करोड ६० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्य रहेको उक्त फण्डमा इच्छुकले बैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयभित्र सबै इकाइ बिक्री नभएमा बैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् । यो १० वर्षे बन्दमुखी योजना हो ।


क्लिकमान्डु