नेपाल बैंकको नाफा १३.३१ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल बैंकले चालु आवको तेस्रो त्रैमाससम्म नाफा १३.३१ प्रतिशतले बढाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा बैंकले चालु आवको सोही अवधिमा नाफा बढाएर २ अर्ब २६ करोड २२ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकले यस अवधिमा निक्षेपमा पनि सामान्य वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा बैंकले १ खर्ब ४१ अर्ब ५३ करोड निक्षेप संकलन गरेकोमा चालु आवको साही अवधिमा निक्षेप संकलन बढाएर १ खर्ब ५१ अर्ब ६० करोढ रुपैयाँ पुर्याएको छ ।

कर्जा प्रवाह पनि गत आवको समीक्षा अवधिको तुलनामा बढेको छ । गत आवको उक्त अवधिमा बैंकले कर्जा प्रवाह १ खर्ब ३ अर्ब ३० करोड रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिमा कर्जा प्रवाह १ खर्ब २७ अर्ब ९२ करोड पुर्याएको छ ।

बैंकको खराब कर्जा गत आवको तुलनामा घटेको छ । गत आवको समीक्षा अवधिसम्म खराब कर्जा २.६४ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा यस्तो खराब कर्जा २.२९ प्रतिशत छ ।

बैंकको कस्ट अफ फन्ड ३.४२ प्रतिशत, सीसीडी रेसियो ७५.५५ प्रतिशत, बेसरेट ५.९८ प्रतिशत र स्प्रेड रेट ४.३७ प्रतिशत छ ।
बैंकको चुक्तापुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ छ भने रिजर्भमा १६ अर्ब ८४ करोड ५ लाख ९६ हजार ३४७ रुपैयाँ छ ।

कम्पनीको चालु आवको तेस्रो चैमाससम्ममा १ अर्ब ४७ करोड ४६ लाख ५२ हजार ८०२ रुपैयाँ छ ।


क्लिकमान्डु