जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा अत्यावश्यक बाहेकका सबै सेवा बन्द



काठमाडौं । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा बैशाख २० गतेसम्मका लागि बन्द गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएकाले होम आइसोलेसनमा बस्नुपर्ने भएको भन्दै बैशाख १३ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो ।

कार्यालयले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि र नाबालक परिचयपत्र वितरणको काम बन्द गरेको छ भने राहदानी वितरण तथा सिफारिसको काम पनि बन्द गरेको छ । त्यसैगरी हातहतियार दर्ता नवीकरण र संस्था दर्ता तथता नवीकरण र पत्रपत्रिका दर्ता पनि बन्द गरेको हो ।

कार्यालयमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिस भने सेवा प्रवाह सञ्चालन हुनेछ ।


क्लिकमान्डु