स्वास्थ्य मन्त्रालयले भन्यो- पीसीआर परीक्षण मात्रै गर्न नेपाल आउने विदेशीको परीक्षण नगर्नु
काठमाडौं । स्वास्थ्य मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै पीसीआर परीक्षण गर्न मात्रै नेपाल आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।
सूचनामा भनिएको छ,‘ नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएर कुनै पनि विदेशी नागरिकहरुको कोभिड १९ परीक्षण नगरिदिनु हुन नेपाल सबै प्रयोगशालाहरुलाई निर्देशन गरिन्छ । यस किसिमले निरुत्साहित गर्दै बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको छ । त्यसैले यस विपरीत कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुले परीक्षण गर्ने गराउने गरेको पाइएमा नियमानुसा कारबाही समेत गरिने बेहोरा सबैको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।’
मन्त्रालयले नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।