आधुनिक सुरक्षा फिचर्स सहितको प्रोटोन एक्स-७० नेपाली अटोमोबाइल बजारमा प्रवेश गर्दै



काठमाडौं । जगदम्बा मोटर्सले मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स-७०’ वैशाख १५ गते भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । भर्चुअल लञ्च कार्यक्रमे साँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

सुरक्षाका सम्पूर्ण मापदण्ड र प्रकृया पुरा गरेर तयार गरिएको प्रोटोन एक्स-७०को रिफाइन मोडल सुरक्षाको दृष्टिकोणले सी-एनक्याप ५ स्टार रेटिंग पाउन सफल एसयूभी हो । गाडी सुरक्षित हुनका साथै यसमा आधुनिक फिचर पनि राखिएको छ । यसमा रहेको एड्भान्स ड्राइभर एसिस्ट सिस्टम अन्तर्गत रहेको थ्री डि होलोग्राफिक डिटेक्सन सिस्टममा २ ओटा सेन्सर, ५ ओटा क्यामेरा र ९ ओटा राडर समाहित रहेका छन् ।

जुन इन्टेरियर लाइटिङ र गाडीको आवाजसंग कनेक्टेड हुन्छन् र आउने अफ्ट्यारो परिस्थितिको चेतावनी दिइ रहन्छन् । यसैगरी यसमा रहेको प्रि कोलिजन सेफ्टी सिस्टम र अटोनोमस इमर्जेन्सी ब्रेकिङ सिस्टमले बाटोका ट्राफिक स्थितिलाई डिटेक्ट गर्दछ र यदि कुनै वस्तुसँग ठोक्किन लागेको चाल पाएमा ड्राइभरलाई चेतावनी समेत प्रदान गर्दछ ।

यसमा रहेको एडेप्टिभ क्रुज कन्ट्रोल सिस्टमले चालकलाई गाडी कुदाएको बेला थकानको अनुभूति हुन दिंदैन र अगाडी रहेको गाडीसँग एउटा उचित दुरी कायम राख्न सहयोग पुर्याउँछ । त्यस्तै लेन डिपार्चर वार्निंग सिस्टमले बिभिन्न क्यामेरा र सेन्सरको माध्यमबाट गाडिले लेन चेन्ज गर्न लागेको पत्ता लगाएर चालकलाई त्यसो हुन नदिन चेतावनी पठाउँछ ।

यसैगरी यसमा जडित इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल सिस्टमले अँध्यारोमा आफ्नै दिसा र विपरित दिसाबाट गुडिरहेका गाडीहरुको लाइट डिटेक्ट गर्दछ र सोहि स्वाही अनुसार आफैं गाडीको लाइट हाइ र लो बिममा परिवर्तन गर्दछ । त्यस्तै ब्लाइन्ड स्पट इन्फर्मेसन सिस्टमले अल्ट्रासोनिक रेडार र क्यामेराको प्रयोग गरेर चालकलाई पिलर मुनि पहेंलो बत्ति नजिकै आउँन लागेका गाडीहरुको जानकारी प्रदान गर्दछ।

यसमा रहेको ३६० डिग्री थ्रीडी क्यामेरा सिस्टमले ४ ओटा पार्किङ राडर र ४ ओटा अल्ट्रासोनिक राडरको सहयोगमा सोहि समयमा वरपरका बाधाहरु पत्ता लगाउँछ । जसलाई ड्राइभर अगाडिको स्क्रिनमा प्रत्यक्ष देखिरहेको हुन्छ । त्यसैगरी, टायर प्रेसर मोनिटरिङ सिस्टमले टायरमा परेको चाप र टायरको तापक्रम मापन गर्दछ, जसले टायरको स्थिति ठिक छ कि छैन भनेर चालकलाई सुचित गराउँदछ ।


क्लिकमान्डु