उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेका यस्ता छन् अल्पकालीन र दीर्घकालीन योजना
काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकमा नियुक्त भएको १०० दिन पूरा भएको अवसरमा गोपीकृष्ण न्यौपानेले अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । गत माघ १ गते नियुक्त भएका न्यौपानेले आफू नियुक्त भएपछि गरेका मुख्य काम तथा योजना सार्वजनिक गरेका हुन् ।
न्यौपानेले अल्पकालिन योजना अन्तर्गत किल्न शेल्ल १९.८ मिटर चेञ्जका लागि प्राविधिक अनुसन्धान सम्पन्न भई बोलपत्र समेत भएकाले ६ महिनाभित्र कार्य सम्पन्न गर्ने लक्ष्य लिई कार्य भै रहेको तथा एक वर्षभित्र एसपी (सस्पेन्सन प्रिहिटर) सिस्टमबाट आरएसपी (रिइनफोर्स सस्पेन्सन प्रिहिटर) सिस्टममा परिवर्त गरी प्रति दिन ३०० मेट्रिक टन क्षमता बढाई ८०० मेट्रिक टनबाट ११०० मेट्रिक टन उत्पादन गर्नेे योजना रहेको छ ।
आगामी एक वर्षभित्र १ मेगावाटको सोलार प्लाण्टबाट विद्युत् उत्पादन गरी कम्तीमा किल्नमात्र सञ्चालन गर्न विद्युतको वैकल्पिक स्रोत प्रयोग व्यवस्था मिलाईनुका साथै उद्योगबाट बिना अवरोध ११०० मे टनमा प्रति दिन उत्पादन हुन गई हालको मूल्यमा रु १ अर्व २० करोड थप बिक्री भै कुल सिमेण्ट बिक्री आम्दानी ४ अरव भन्दा बढी हुन सक्ने देखिन्छ ।
हेर्नुहोस पूर्णपाठ