धराहराको उद्घाटन प्रधानमन्त्रीले भोलि गर्दै, यस्तो हुनेछ नयाँ धरहरा



काठमाडौं । विनाशकारी भूकम्पले ध्वस्त बनाएको धरहरा ६ वर्षपछि फेरि उभिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अर्थात् बैशाख ११ गते नयाँ धरहराको उद्घाटन गर्दैछन् ।

३ अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्मित धरहराको संरचनाभन्दा के फरक छ । यो धरहरा बाहिरबाट ११ तलाको देखिनेछ भने भित्रिरुपमा यो २२ तलाको हुनेछ । तर जमिन मुनी २ तला र बेसमेन्ट गर्दा यो कुल २५ तलाको हुनेछ ।

तर धरहराको पुनर्निमाण सम्पन्न भए पनि धरहरा क्षेत्रका बाँकी संरचनाहरुको निर्माण कार्य भने अझै जारी छ । पुरानो कर्मचारी सञ्चयकोषको मूल भवन र टक्सार भवन रहेको स्थान समेत समेटेर बन्न लागेको धरहरा क्षेत्रमा भूकम्प संग्राहलय रहनेछ भने त्यहाँ पार्किङको सुविधा समेत उपलब्ध हुनेछ ।

जीआइइटीसी रमन जेभी कम्पनीले धरहराको पुनर्निमाणको गरेको हो ।

यस्तो बन्नेछ धरहरा क्षेत्र
अब बन्ने धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । एउटा अर्ध–भूमिगतसहित चार तल्ले भूकम्प र टक्सार सम्बन्धी संग्रहालय निर्माण भइरहेको छ । त्यस्तै, फुड कोर्ट सहितको युटिलिटी ब्लक पनि बन्नेछ । विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा संगीतमय फोहरा हुनेछ ।

यहाँ तीनतले भूमिगत पार्किबको व्यवस्था गरिने छ जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किब गर्न मिल्नेछ । भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ । ऐतिहासिक सुन्धराको पनि संरक्षण गरिनेछ जसमा २४सैं घन्टा पानी झर्ने व्यवस्था हुनेछ । धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिनेछ ।

धरहराका विशेषता
बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिन मुनि दुई तल्लाको भूमिगत संरचना रहनेछ र जमिनमाथि भुईंतलासहित २३ तला हुनेछ । यसरी, समग्रमा धरहरा २५ तल्लाको हुनेछ ।

जमिन माथिबाट गजुरसहित धरहराको उचाई ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र २ वटा लिफ्ट हुनेछन् । एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । यसबाट बृद्धबृद्धा एवं अपांगता भएका व्यक्तिहरू धरहरामाथिको पहुँचमा सहजता हुनेछ । साथै फलामको भर्याङ पनि रहनेछ ।

धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २०औं तल्लाबाहिर २.५ मिटर चौडाईको बार्दली रहेको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिंग स्थापना गरिएको छ । धरहरामुनिको दुई तले भूमिगत संरचनामा दुईवटा विद्युतीय स्वचालित भर्याङबाट तल माथि गर्न सकिनेछ ।

धरहराको इतिहास
बिस १८८१ सालमा तत्कालिन जनरल भीमसेन थापाले लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण जकिो नाम भिमसेन स्तम्भ रहेको थियो । बिस १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा जनरल भीमसेन थापाले सुन्धारामा अर्को ६१.८८ मि. अग्लो ११ तल्ले धरहरा बनाउन लगाएका थिए । बिस १८९० मा भत्किएपश्चात् लगनटोलको धरहराको जीर्णोद्वार भएको थिएन ।

बिस १९१३ मा बज्र (चट्याब) परी भत्केपछि बिस १९२३ मा पुनः जीर्णोद्वार गरिएको थियो । बिस १९९० माघ २ को महाभूकम्पमा भत्किएको धरहराको जीर्णोद्वार २ वर्षपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेर राणाद्वारा गराइएको थियो । सो पुनर्निर्माणपछि धरहरा ११ तल्लाबाट ९ तल्लामा सीमित भएको थियो ।

बि. सं. २०७२ बैशाख १२ गतेको महाभूकम्पबाट धरहरा पूर्णरुपमा क्षति भएको थियो । २०७२ फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान शुरु गरेका थिए । २०७५ असोज १४ गते नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा पुनर्निर्माणको काम शुरु भएको थियो भने २०७४ कार्तिक २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को वैठकद्वारा धरहरा पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको ।


क्लिकमान्डु